सुरुङ्गा  ।

झापाको कनकाई नगरपालिकाले कृषकलाई राइस ड्रम सिडर (धानको बीउ रोप्ने) मेसिन वितरण गरेको छ । धान उत्पादन बृद्धसँगै कृषिमा प्रविधिको प्रयोग बढाउने उद्देश्यले आज यहाँका १२ जना कृषकलाई राइस ड्रम सिडर मिसिन वितरण गरेको हो । ३० हजार रुपैयाँभन्दा बढी पर्ने उक्त मेसिन नगरपालिकाको ७५ प्रतिशत र कृषकको २५ प्रतिशत लागत सहभागितामा वितरण गरिएको हो ।

कृषि उकरण वितरण गर्नुहुँदै कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले करिब ५७ हजारभन्दा बढी जनसंख्या रहेको कनकाईमा नगरपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताए ।

उनले सबै क्षेत्रलाई समेटेर बजेट विनियोजन गरेको कनकाईले कृषिमा आत्मनिर्भर बनाउने नीति लिएको बताए । जसका लागि कृषकलाई खेती गर्न सहज हुने वातावरण निर्माण गरिरहेका गर्दै कृषिको माध्यमबाट आयात प्रतिस्थापनसँगै स्वरोजगार बन्न सकिने भएकाले पनि कृषि क्षेत्रलाई बढी प्राथमिकता दिएको उनी बताउँछन् ।  उनले पाएको सुविधालाई सही सदुपयोग गर्दै अग्र्यानिक खेतीमा जोड दिन आग्रह गए।

कार्यक्रममा प्रमुख प्रसाशकीय अधिकृत नारायण न्यौपानेलेले रोजगारीका लागि विदेशीने युवाहरूलाई स्वदेशमा नै कृषिको माध्यमबाट आत्मनिर्भर र दिगोपना हुने विश्वास व्यक्त गरे । उनले पछिल्लो समय युवा वर्ग विदेशिने अनि गाउँघरमा जेष्ठ मातापिता र बालबालिका मात्रै रहको अवस्थामा यहाँ युवालाई स्वदेमै टिकाउन र कृषि क्षेत्रको प्रबद्र्धन गर्न कृषकलाई आग्रह गरे ।

कार्यक्रमा वडा नं. १ का वडाध्यक्ष सुशीलकुमार पोखरेल, वडा सदस्य दलबहादुर थापा, निर्मला खड्का, कर्मचारी, टोल संयोजक, कृषक समूहका प्रतिनिधि, अगुवा कृषक लगायतको उपस्थिति रहेको थियो ।

नगर कृषि शाखा प्रमुख सोमिता सोतिको मेसिनको बारेमा जानकारी गराउँदै रोप्ने तरिका सहित फाइदाका बारेमा जानकारी दिइन् । नगरपालिकाले यसअघि सिँचाइ मोटर, तरकारी खेती गर्ने कृषकलाई टनेल, बीउ–बिजन, स्प्रे ट्याङ्की लगायतका सामग्री प्रदान गर्दै आएको कृषि शाखाकी कर्मचारी लक्ष्मी राईले बताइन् ।