झापा । 

 झापाको हल्दीबारी गाउँपालिकामा गएराति परेको चट्याङ लागेर चौपाया मृत्यु भएको छ । गएराति १२ः५ बजेको समयमा पानीसँगै परेको चट्याङ लागेर गाई, बाछी, बाख्रा र पाठीको मृत्यु भएको हो ।

हल्दीबारी–२ पग्लाबारी बस्ने जयराम मुर्मुको गोठमा बाँधि राखेको दुईवटा गाई एउटा बाछि, एउटा माउ बाख्रा  र एउटा पाठी चट्याङ लागेर मृत्यु भएको हो । 

राती पानीसँगै परेको चट्याङले लागेर चौपायाको मृत्यु हुँदा एक लाख ५० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।