झापा ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले चार वटा विशेष समिति गठन गरेको जनाएको छ । संघले व्यवसायीको हक, हित, सुरक्षा र संरक्षणका लागि ती समिति गठन गरेको हो ।

संघले द्वितीय उपाध्यक्ष देवकुमार खोखालीको संयोजकत्वमा वैदेशिक रोजगार विभाग समन्वय समिति, तृतीय उपाध्यक्ष बैकुण्ठ पौडेल (वैभव) को संयोजकत्वमा साउदी दूतावास समन्वय समिति, सचिव कुन्छा दोर्जे दिम्दोङको संयोजकत्वमा कम्पनीको सामाजिक उत्तरदायित्व अर्थात् सीएसआर तथा आपतकालीन व्यवस्थापन समिति र कोषाध्यक्ष धनमाया सिंजालीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरेको छ ।
संघका महासचिव महेशकुमार बस्नेतले समस्या तथा आवश्यकता बमोजिम सम्बन्धित संयोजकलाई प्रत्यक्ष सम्पर्क गर्न व्यवसायीहरूलाई जानकारी गराएको बताएका छन्।
विभाग समन्वय समिति संयोजक खोखालीले समितिमा रहने अन्य सदस्यबारे छलफल भइरहेको भन्दै आज (सोमबार) बाटै विभागमा समन्वयको काम शुरु गरिने बताएका छन् ।