झापा ।
आज कोशीसहित मधेस, बागमती, गण्डकी प्रदेशका केही स्थान, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीको सम्भावना रहेको छ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती प्रदेशका केही स्थानहरू तथा कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।