झापा । 

झापाको भद्रपुर नगरपालिका–५ मेचीपुलबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । अस्थाई प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्रीलाई चेकजाँच गरेको थियो । 

प्रहरीले आज (आइतवार) भद्रपुर नगरपालिका–१० का अन्दाजी ४३ बर्षिय सन्तोष कुमार काफ्ले र सोही स्थानका ३६ बर्षिय विजय राजबंशीलाई लागूऔषसहित नियँत्रणमा लिएको हो । 

उनीहरुलाई शंका लागेर चेकजाँच गर्ने क्रममा लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागूऔषध ब्राउन सुगर प्लाष्टिक बाहेक २ ग्राम ८७० मिलिग्राम फेला परेको थियो ।  उक्त लागू औषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।