झापा ।
उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३४२० नम्बरको यात्रुबाहक बस आफैं अनियन्त्रित भएर पल्टिदा दुई जनाको मृत्यु भएको छ भने २४ बढी यात्री घाइते भएका छन् ।

सप्तरीमा यात्रुबाहक बस अनियन्त्रित भएर दुर्घटना सप्तरीको सप्तीकोशी नगरपालिका–१ का ७५ वर्षीय रत्नबहादुर मगराती मृत्यु भएको छ भने अर्की एक महिलाको पहिचान खुलिसकेको छैन ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत आइतबार मध्याह्न १२ बजेतिर सप्तरीको कञ्चनरुप नगरपालिका १० बदगामा यात्रुबाहक बस आफैं अनियन्त्रित भएर पल्टेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
दुवैजनाको विराटनगरको मोडेल अस्पतालमा उपचारको मृत्यु क्रममा भएको हो । गम्भीर, मध्यम र समान्य गरी दुई दर्जन यात्रु घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा ३५ जना सवार रहेका थिए ।
बस चालक झापाको मेचिनगर नगरपालिका–७ का ४७ वर्षीय अमृत दर्जी र बसलाई इलाका प्रहरी कार्यालय कन्चनपुरको नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।