झापा ।
कोशी, मधेस, बागमती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। हाल गण्डकी प्रदेशको पहाडी भू–भागको एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको त्यसको प्रभावले देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज (आइतबार) मधेस प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङको सम्भावना रहेको महाशाखाले जनाएको छ ।