झापा ।
झापाको शिवसताक्षी नगरपालिका–९ दुधेस्थित मिलन चौकमा आज (शनिवार) बिहान ५ः३० मा भएको सवारी दुर्घटनामा १३ जना शिक्षकसहित २१ जना यात्रु घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गमा काठमाडौबाट काँकरभिट्टातर्फ जाँदै गरेको को प्रदेश १–०१–००१ ख ४२३५ नम्बरको नाईट बस अनियन्त्रित भएर पल्टिएको थियो ।
दुर्घटनामा घाइते भएका यात्रुहरुलाई उपचारको लागि बिर्तामोडको बीएण्डसी अस्ताल, बिर्ता सिटी अस्पताल र निम्न अस्पताल तर्फ पठाईएको प्रहरीले जनाएको छ ।

बस चालक शिवसताक्षी नगरपालिका–८ झिलझिलेका ३८ बर्षियको महेन्द्र कन्दङर्वा इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको छन् भने बस तत्काल घटना स्थलमै रहेको र उठाउने पहल भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हाल बीएण्डसी अस्पतालमा ९ जना, बिर्तासिटी अस्पतालमा १२ जना घाइतेको उपचार भइरहेको छ । जसमा १६ शिक्षक रहेको बताइएको छ भने अन्य ५ जना यात्रु रहेका छन् ।
जस मध्ये बिर्ता सिटीमा उपचारमा श्याम (सन्तोष) आचार्य, सिताराम रिमाल, पदम पौडेल, कमला मगर, शान्ति राई, मीनबहादुर पौडेल, लीलाप्रसाद भण्डारी र सिर्जना प्रसाईं नाम गरेका शिक्षकहरु रहेका छन् ।
यसैगरी बीएण्डसी अस्पतालमा टेकचन्द्र फुयाँल, गोपाल खतिवडा, टेकेन्द्र ढकाल, लोकनाथ ढकाल, पूर्ण बहादुर योगी, अनिल बिक, शान्तिप्रसाद उप्रेती र सिताराम अधिकारी उपचारत रहेका छन् ।
दुर्घटनामा झापाको मेचीनगर, अर्जुनधारा, भद्रपुर, कचनाकवल, बिर्तामोड, कनकाईका साथै इलाम, पाँचथर, दोलखा, कालिकोट र रौतहट जिल्लाका बिभिन्न पालिकाका यात्रुहरु घाइते भएका छन् ।