झापा ।
झापाको शिवसताक्षी नगरपालिका–९ दुधेस्थित मिलन चौकमा आज (शनिवार) बिहान ५ः३० मा भएको सवारी दुर्घटनामा आज एकाबिहानै दुधेमा यात्रुबहाक बस पल्टिदा २३ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा घाइते हुनेमा १६ जना शिक्षक रहेको बताइएको छ । ८ जनाको बीएण्डसी अस्पताल र ८ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

पूर्व–पश्चिम राजमार्गमा काठमाडौबाट काँकरभिट्टातर्फ जाँदै गरेको को प्रदेश १–०१–००१ ख ४२३५ नम्बरको नाईट बस अनियन्त्रित भएर पल्टिएको थियो ।
दुर्घटनामा घाइते भएका यात्रुहरुलाई उपचारको लागि बिर्तामोडको बीएण्डसी अस्ताल, बिर्ता सिटी अस्पताल र निम्न अस्पताल तर्फ पठाईएको प्रहरीले जनाएको छ ।
बस चालक शिवसताक्षी नगरपालिका–८ झिलझिलेका ३८ बर्षियको महेन्द्र कन्दङ्वा इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको छन् भने बस तत्काल घटना स्थलमै रहेको र उठाउने पहल भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हाल बीएण्डसी अस्पताल, बिर्तासिटी अस्पतालमा घाइतेको उपचार भइरहेको छ । दुर्घटनामा झापाको मेचीनगर, अर्जुनधारा, भद्रपुर, कचनाकवल, बिर्तामोड, कनकाईका साथै इलाम, पाँचथर, दोलखा, कालिकोट र रौतहट जिल्लाका बिभिन्न पालिकाका यात्रुहरु घाइते भएका छन् ।