झापा । 

युरोपेली मुलुकमा पठाउने भन्दै  बंगलादेशी नागरिकलाई नेपाल ल्याएर ठगी गरेको आरोपमा पाँच जना बंगलादेशका नागरिक पक्राउ परेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानहरूबाट पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा ४१ वर्षीय मोहमद फर्साद हुसैन चौधरी, ५० वर्षीय मोहमद मुस्ताफिजुर रहमान, ४० वर्षीय अजिम मोलिक र ४६ वर्षीय अबु युसुफ एमडी हान्सिफलगायत रहेका छन् ।

प्रतिव्यक्ति ३ हजार ५ सय अमेरिकी डलर लिएर आउन भन्दै नेपाल बोलाएर उनीहरूले अस्ट्रेलिया, इटाली, स्पेन, फ्रान्स, सर्भिया, अल्बानियालगायतका देशहरूमा पठाउने भन्दै ठगी गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको जनाइएको छ । पक्राउ परेकाहरूले ३८ जना बंगलादेशीलाई ठगी गरेको प्रहरीको भनाइ छ ।