लक्ष्मीपुर । 

लक्ष्मीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको बैशाख १८ गते हुने निर्वाचनमा दुई समुहबिच प्रतिस्पर्धा हुने भएको छ । नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनका लागि आज (बिहीवार)  नेत्रबहादुर नेपाल र मोहन लुइँटेलको नेतृत्वमा दुई अलग–अलग समूहले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । 

नेपाल नेतृत्वको गरेको समूह उपाध्यक्षमा छविलाल खतिवडा, सचिवमा बुद्धिसागर कटेल, कोषाध्यक्षमा बिमला कटुवाल तथा खुला सदस्यमा जित बहादुर बस्नेत र गञ्जबहादुर बुढाथोकी (मनोज) रहेका छन् भने महिला सदस्यका रूपमा रत्ना खड्का, गिता कार्की डाँगी र तारा धमलाको उम्मेदवारी परेको छ।

यसैगरी लुइँटेलले नेतृत्व गरेको समूहबाट उपाध्यक्ष सुरज भण्डारी, सचिव नारायणप्रसाद काफ्ले, कोषाध्यक्ष टेकबहादुर बस्नेत, खुला सदस्यहरू भोलानाथ मिश्र र देविराज दाहाल तथा महिला सदस्यका रूपमा हेमकला चौधरी र विमला देवी विश्वकर्माले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन्।

कोषाध्यक्ष पदमा समूह बाहिरका सूर्यप्रसाद रिमालले पनि स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । अर्जुनधारा–५ तथा कनकाई–८ र ९ का गरी जम्मा १,१७८ जना उपभोक्ता मतदाता रोका छन् ।