विराटनगर।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले मातहत प्रहरी प्रमुखहरुलाई भर्चुवल (Virtual) माध्यमद्धारा आवश्यक निर्देशन दिएका छन् । कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरु, प्रशिक्षण प्रदायक कार्यालय तथा अन्य कार्यालय प्रमुखहरुलाई अधिकारीले आज (बिहीवार) निर्देशन दिएका हुन् ।

उनले निर्देशन दिदै प्राकृतिक प्रकोप तथा विपद व्यवस्थापनको लागि चाहिने उद्धारका सामग्रीसहित प्रहरी जनशक्तिलाई तयारी अवस्थामा राख्न तथा समय समयमा उद्दार अभ्यासहरु गराउन निर्देशन दिएका छन् ।
साथै उनले प्रहरी कर्मचारी बिच सामुहिक भावनको बिकास गरी प्रहरीको ब्यक्तिगत र व्यवसायिक जिवनलाई समानान्तर तरिकाले अगाडी बढाउदै लैजान निर्देशन दिएका छन् ।
आम नागरिकहरुमा सचेतना अभिबृद्धिको लागि स्थानिय जनप्रतिनिधि, नागरिक समाजहरुसंग समन्वय गरी प्रभावकारीरुपमा कार्यक्रमहरु सञ्चालन गर्न समेत उनले निर्देशन दिएका थिए । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, प्रहरी उपरीक्षक दिपक पोखरेल तथा सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।