झापा । 

मोरङ, सुनसरी र उदयपुयरको विभिन्न स्थानहरुबाट लागूऔषध ब्राउन सुगर र गाँजा सहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर महानगरपालिका–१३ स्थितमा चेकजाँचको क्रममा धनकुटा शहिदभुमी गाउँपालिका–७ का ३५ वर्षीय बालकृष्ण राई र सुनसरीको धरान उप–महानगरपालिका–१० का ३२ वर्षीय मनोज गुरुङलाई ६ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो ।

 त्यसैगरी सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बाट इलाका प्रहरी कार्यालय देवानगञ्जको प्रहरी टोलीले हरिनगराबाट देवानगञ्जतर्फ आउँदै गरेको द्यच् घडब् म्द्धज्ञघघ नम्बरको मोटरसाईकलमा सवार भारत अररिया पत्राहा–१५ का २६ वर्षीयको मोहम्मद जावेद, ३० वर्षिय मोहम्मद जमशेर र २५ वर्षीय मोहम्मद आलविनलाई ५०० ग्राम गाँजासहित पक्राउ गरेको छ ।

साथै उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट गस्तिमा खटिएको प्रहरी टोलीले बेलका नगरपालिका–९ का २४ वर्षीय जनम गहतराजलाई ब्राउन सुगर २०० मिलिग्रामसहित पक्राउ गरेको छ । ब्राउन सुगर र गाँजासहित पक्राउ परेका उनीहरुको सम्बन्धीत प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।