झापा । 

भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपानेको शव भारतीय पक्षले नेपाली प्रशासनको रोहवरका परिवारलाई जिम्मा लगाएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बाबुदेव घिमिरेले सुनौलीमा आज (बिहीबार)  बिहान प्रशासन कार्यालय रुपन्देहीको रोहबरमा मृतकका मामा महाश्रम पाण्डेले शव बुझेको जानकारी दिए । 

बुटवल उप–महानगरपालिका–११ होराइजन टोलका २७ वर्षीय सुदीप केही दिनअघि आमा, दिदी र भिनाजुसँग भारतको पारिवारिक भ्रमणमा गएका थिए । उनलाई मंगलबार कश्मीरमा आतंककारीले गोली हानी हत्या गरेको थियो । 

बुटवल उप–महानगरपालिका–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले अहिले शव बुटवलको कालिका नगरमा ल्याउने तयारी भएको जानकारी दिएका छन् ।