झापा । 

देशभर अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। 

देशभर तापक्रम बढ्ने क्रममा रहेको तथा मध्य र पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मीको पनि सम्भावना देखिएको छ । त्यसैले,  गर्मीका कारण दैनिक जनजीवन, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा प्रभाव पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।