बुट्टाबारी । 

झापाको बिर्तामोड–६ का सामाजिक ब्याक्तित्व गोपिकृष्ण प्रसाइले आफ्नो पितृमोक्षका लागि एकधुर जमिन भुमिदान गरेका छन् ।स्वच्छ समाजका लागि सामाजिक अभियान अर्जुनधारा–११ झापाले दृष्टिबिहिन एवम् असहाय वृद्ध बस्ने आवास निर्माणका लागि जमिन खरिद गर्न अभियानले एक ब्यक्ति एक धुर अभियान सञ्चालन गरिरहेको छ । 

सोही अभियानका लागि प्रसाईले सहयोग  गरेका हुन् ।  एक धुर जग्गा बराबर ७१ हजार एक सय ११ रुपैयाँ सामाजिक अभियन्ता एवम् समाजका अध्यक्ष गणेश ढुङ्गानालाइ प्रसाईं परिवारले हस्तान्तरण गरेका हुन ।

अभियानले अर्जुनधारा, बिर्तामोड, सुरुङ्गा एवम् मेचीनगरका विभिन्न स्थानबाट टुटेफुटेका सिसा,प्लास्टिक, फलाम आदि फोहोर सकलन गरि बिक्री गरि आएको रकम एवम् देश बिदेशका सहयोगी मनका धनी ब्याक्तित्वहरुले दिएको रकमले अर्जुनधारा–११ स्थित देवनिया प्रगतिटोलमा २ कटा ७ धुर जमिन खरिद गरेको छ । 

संस्थालाई सहयोगी मनका धनि मिनाकुमारी राईले खानेपानी कललगायको सहयोग  गरेको अभियन्ता डुङ्गानाले बताए । हाल आवासका लागि संकलित फोहोर बिक्री गरि आएको रकमबाट ढुङ्गा गिटि खरिद गरि सोही जमिनमा भवन निर्माण गर्न पनि थालिएको बरिष्ठ सल्लाहकार बोलप्रसाद कोइरालाले बताए ।

 कार्यक्रममा अतिथिहरु सामाजिक ब्याक्तित्व हस्त परियार, रोशन कन्दङ्गवा, गंगाप्रसाद मैनाली, उपाध्यक्ष शेरबहादुर थापा, आर्थिक संयोजक बुद्धिलाल चौधरी, महासचिव मोहन योगि, कैलास कन्दङ्गवालगायतले धन्यवाद एवम् शुभकामना व्यक्त गरेका थिए । 

कार्यक्रममा छोराबुहारीहरु उत्तम, डम्बर, बिरेन्द्र, मोहन र श्रीमति टिकादेबी प्रसाईं परिवारले असहाय एवम् अनाथ आश्रम बन्न लागेकोले सहयोग गर्न पाउँदा दानवीर गोपिकृष्ण प्रसाइले खुसी व्यक्त गरेका छन् । कार्यक्रमको सहजीकरण सचिव अभिचन्द्र बास्कोटाले गरेका थिए ।