झापा ।  

झापा कचनकवल गाउँपालिका–१ मिलडाँढामा हात्तीले गएराति क्षति पुर्याएको छ । कचनकवल–१ का महावीर लिम्बुको मकै बारीमा अन्दाजी ६÷७  वटा  जंगली हात्ति आएर क्षति पुर्याएको हो । 

क्षति गरेको आज बिहान ७ः३० बजे प्रहरी चौकी घेरावारी जानकारी प्राप्त हुन साथ प्रहरी चौकी घेरावारी प्रहरी  टोलीगएको थियो । 

हात्तीले लिम्बुको  ९  कठ्ठा  खेतमा लगाएको मकै क्षति पुर्याउँदा  अन्दाजि चालिस हजार बराबरको क्षति गरेको थियो । हात्ती क्षतिपछि वन तर्फनै गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।