झापा ।
झापाको बिर्तामोड नगरपालिका–५ किरातचौकस्थित क्षितिज महिला बिकास समाज सुधार केन्द्रमा एक महिलाको मृत्यु भएको छ ।

बिगत ३ महिनादेखि सुधारको लागि बस्दै आएकी इलामको इलाम नगरपालिका–४ बरबोटेकी अन्दाजी ५० बर्षिया जीवनकला काफ्ले सोमवार राति १०ः१५ ट्वाईलेट जाने क्रममा लडेर मृत्यु भएको हो ।
बेहोस भई तत्काल सोही सुधार केन्द्रको संस्थापक तिलरुपा कटुवालले उपचारको लागि मनमोहन अस्पताल लगेर समान्य उपचारपछि थप उपचारको लागि बिर्तामोडकै बीएण्डसी अस्पताल पु¥याउन साथ डाक्टरले चेकजाँच मृत्यु भएको घोषणा गरेका थिए ।

कानुनि प्रकृया पुरा गरी लाश पोष्टमार्टमको लागि प्रादेशीक अस्पताल भद्रपुरमा पठाइएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।