काँकरभिट्टा । 

झापा मेचीनगर नगरपालिक–८ पातलगंगास्थित गएराति ९ः३० बजे चिया बिकास निगम अन्तर्गत टोकला चिया कमानले भाडामा लिई प्रयोग गरि आएको जग्गामा रहेको सनसरी मन्दिर टोकला चिया बगान (सुबास संघाई)को समुहले डोजर लगाएर भत्काएको पाइएको छ । 

आगामी बैशाख २० गते सनसरी पूजा गर्ने तयारी स्वरुप पूजा स्थलमा घेराबारा गरेपछी टोकला चिया कमानको प्रतिनिधिसहित मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष गणेश खरेललगायतसँग भएको छलफलमा टोकला चिया कमानले अन्यत्र मन्दिर बनाईदिने भनी सहमति गरेको थियो ।

तर मन्दिर नबनाई बिना सल्लाह पुजास्थल भत्काएपछि मन्दिर ब्यवस्थापन समितिले बिरोध शुरु गरेको हो । बैशाख २० गते सम्ममा मन्दिर स्थापना गर्नुपर्ने अडान लिएको र हाल मन्दिर ब्यबस्थापन समिति, टोकला चिया कमानका प्रतिनिधि, जनप्रतिनिधि, स्थानियलगायतले छलफल गर्दै गरेको बुझिएको छ ।