लक्ष्मीपुर ।
झापाको कनकाई नगरपालिका–८घाग्रा पुलस्थित पूर्र्व–पश्चिम राजमार्गमा भएको सवजारी दुर्घटनामा एक जानको मृत्यु भएको छ । दुर्घटनामा अर्जुनधारा नगरपालिका–५ बस्ने सापकोटा कल्याण केन्द सुरुङ्गाका पुजारी अन्दाजी ५५ वर्षीय लेखनाथ सापकोटाको घटनास्थलमै मृत्यु भएको थियो ।

आज (मंगलबार) बिहान अन्दाजी ७ बजेको समयमा केर्खाबाट बिर्तामोडतर्फ आउँदै गरेको ना.७ प २९९७ नम्बरको ट्याङकरले सोही दिशातर्फ आउँदै गरेको साइकलयात्रीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा साइकलयात्रीलाई ठक्कर दिई घाइते भएको भन्ने खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय अनारमनी प्रहरी टोली गएको थियो । प्रहरीले टोलीले गएर बुझ्दा साइकलयात्री अर्जुनधारा–५ लेखनाथ सापकोटा घटनास्थल घटना स्थलमै मृत्यु भई प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।
ट्यांकर जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड र चालक कमल गाउँपालिका–१ का ४६ वर्षीय भीमबहादुर कोइरालालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।