झापा । 

झापा कारागारमा कैद भुक्तान गरिरहेका ज्यान सम्बन्धी मुद्दाको कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा इलामको माङ्सेबुङ गाउँपालिका–४ का  ५९ बर्षिय धनबहादुर बिश्वकर्मा रहेका छन् ।  

बिश्वकर्मालाई मेडिकल रिपोर्टका अनुसार घाटीको क्यनसरको लक्षण देखा परेको थियो । आज (सोमवार) अन्दाजी ४ः२५ बजेको समयमा अचानक साँस बढेर  बिरामी भई ढलेका थिए । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर झापा लगएको थियो ।

४ः४० बजेको समयमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  मृतकको आफन्तलाइ खवर गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।