दुर्गापुर । 

झापाको कनकाई नगरपालिका वडा नम्बर १ ले १२ जना बिद्यार्थीलाई साइकल दिएको छ । कनकाई–१ का गरिव तथा बिपन्न परिवारका १२ जना बिद्यार्थीलाई आज (सोमवार) एक कार्यक्रमका बिच साइकल बितरण गरिएको हो । 

वडाको आर्थिक सहयोगमा १२ जना बिद्यार्थीलाई करिव ८४ हजार रुपैयाँको साइकल बितरण गरिएको बताइएको छ ।  कनकाई–१ का वडाध्यक्ष सुशिलकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो ।

स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश वडाध्यक्ष पोखरेलले नै पारेको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेल, समाजसेवी दिनेशकुमार पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा वडा सदस्य दलबहादुर थापा, हरिकुमार राई, जेष्ठ नागरिकका वडाध्यक्ष ऋषिकेश खतिवडा, महिला नेतृ सितादेबी अधिकारीलगायतका आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन कनकाई–१ की वडासदस्य निर्मला खड्काले गरेकी थिइन् ।