बिर्तामोड ।
साढे ४ बर्षिय छोरालाई ब्लड क्यान्सर भएपछि उपचारमा आफुसँग भएको सवै सम्पति सकिएपछि थप उपचारका लागि झापाको बिर्तामोड–३ प्रगतिटोलका भट्टराई दम्पतीले सवै समक्ष सहयोगको अपिल गरेका छन् ।

बिर्तामोड–३ प्रगति टोलका रामप्रसाद भट्टराई र उनकी श्रीमती सुशिला राजवंशी भट्टराईले साढे ४ बर्षिय छोरा युसेफ भट्टराईलाई ब्लड क्यान्सर भएपछि अफुसँग भएको करिव ७५ लाख रुपैयाँ सकिएको थप उपचारका लागि ४८ लाख रुपैयाँ खर्च लाग्ने चिकित्सकले बताएपछि सवैलाई सहयोगको अपिल गरेका हुन् ।
भट्टराई दम्पतीले आज (सोमवार) बिर्तामोडमा पत्रकार भेटघाट गरी सहयोग गरिदिन सवैमा आग्रह गरेका छन् । छोरालाई जन्मिएको डेढ बर्षमा ब्लड क्यान्सर भएको पत्ता लागेको र भारतको दिल्लीमा रहेको राजिव गान्धी अस्पतालमा उपचार गर्दा आफुसँग भएको र ऋणपान गरेर करिव ७५ लाख रुपैयाँ खर्च गरेको रामप्रसाद भट्टराईले बताए । उक्त अस्पतालमा सात महिनासम्म राखेर उपचार गरेको बताए । २ बर्षसम्म प्रत्येक तीन महिनामा सो अस्पतालमा फलोअपमा जाने गरेको र बालकको स्वास्थ्य अवस्था नर्मल रहेको उनले बताए ।

बिर्तामोडको बीएण्डसी अस्पतालमा १५÷१५ दिनमा गएर ब्लड परिक्षण गर्ने गरिएको बताउँदै २ महिनापछि गएर फलोअफ गराउँदा ब्लड क्यान्सर बल्जिएको चिकित्सकले बताएको भट्टराई दम्पतीले बताए ।
बिरामी बालकको अण्डाशयमा पनि समस्य देखिएकाले त्यसलाई नर्मल बनाउन किमो दिनु पर्ने र सामान्य भएपछि बोनम्यारो ट्रान्सफर गर्नु पर्ने र त्यसका लागि ४८ लाख रुपैयाँ खर्च लाग्ने चिकित्सकले बताएको उनीहरुको भनाई छ ।
बिर्तामोड–३ मा कोठा भाडामा बस्दै आएका भट्टराई दम्पतीले आफुसँग भएको सवै सम्पती सकिएको छोराको उपचार गर्न सक्ने अवस्था नरहेकाले देश तथा बिदेशमा रहने सम्पूर्णलाई सहयोग गरिदिएर छोराको ज्यान बचाईदिन आग्रह गरेका छन् ।
भट्टराई दम्पतीले बैदेशिक रोजगारीका सिलसिलामा बहराइनमा कमाएको सवै रकम छोराको उपचारमा खर्च भएको र सम्पत्तीको नाममा बिर्तामोड–३ मा रहेको १२ धुर जग्गा पनि छोराको उपचारको सिलसिलामा बैंकमा राखेको र त्यो जग्गा पनि उकास्न नसक्ने अवस्था भएकाले सकेको सहयोग गरेर छोराको ज्यान बचाईदिन सवैमा अनुरोध गरेका छन् ।
सहयोग गर्न चाहनेले रामप्रसाद भट्टराईको नाममा नेपाल इन्भेष्टमेन्ट मेघा बैंक लि. बिर्तामोड शाखामा रहेका खाता नं. ०१८०५०८०२५१९६९ मा जम्मा गर्न सकिनेछ ।