झापा । 

झापाको भद्रपुर नगरपालिका– ९ स्थित घोडामारा चोकबाट भन्सार छलेर नेपाल ल्याइदै गरेको बिभिन्न सामाग्रीसहित सवारी साधन र चालक पक्राउ परेका छन् । गएराति ८ बजेको समयमा प्रहरी चौकी घोडामाराबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको  बा १८ च ४६१६ नम्वरको पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा सवारीसहित चालक पक्राउ परेका हुन् । 

भारतबाट अवैध रुपमा ल्याउँदै गरेको मोबाइल फोनको पाट्र्सहरु २० कार्टुन २९ लाख ८७ हजार २०० रुपैयाँ वरावरको फेला परेको प्रहरीले जनाएको छ । साथै गाडी ५ लाख मूल्य बराबरकोसहित प्रहरीले नियन्त्रणमा लिएको छ । 

गाडीसहित चालक भद्रपुर –५ का २३ बर्षिय राहुल कामतलाई नियन्त्रणमा लिएर  आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको प्रहरीले जनाएको छ । 

त्यसैगरी गएराति ८ः५० बजेको समयमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका–६ छाताचौकबाट बेवारिसे  अवस्थामा प्लास्टिकको बोरामा पोका पारी राखेको .१८ लाख १० हजार २५० मूल्य बराबरको बिभिन्न कम्पनिको मोबाइलमा प्रयोग हुने सामानहरु फेला पारी उक्त सामानहरुलाई रितपूर्वक बरामद गरी मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाएको छ । सो सम्बन्धमा थप अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।