झापा ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले बालगृहलाई पाँच लाख रुपैयाँ बराबरको शैक्षिक सामाग्रीलगायत सहयोग गरेको छ । काठमाडौं महानगरपालिका –११ बबरमहलमा रहेको विवेक स्वच्छ सेवा केन्द्र बालगृहलाई ५ लाख रुपैयाँ बराबरको शैक्षिक सामाग्रीलगायत सहयोग हस्तान्तरण गरेको हो ।

शनिबार एशोसिएसनका अध्यक्ष दीपक थापा, कार्यवाहक महासचिव तुलसी पुरीलगायतले केन्द्रमा आश्रित बालबलिकाका लागि विद्यालयको ड्रेस तथा शैक्षिक सामाग्री लगायतका सामाग्री हस्तान्तरण गरेका थिए ।
केन्द्रलाई हस्तान्तरण गरिएको सहयोग मध्ये अध्यक्ष थापाले व्यक्तिगत रूपमा १ लाख ५० हजार, कार्यवाहक महासचिव पुरीले ५१ हजार र एशोसिएसन कार्यसमिति सदस्य सविता सिहले १५ हजार रूपैयाँ योगदान गरेका छन् ।

एशोसिएसनको सहयोग प्रति धन्यवाद दिँदै संस्थाकी अध्यक्ष रेबिका सहनीले अप्ठ्यारो परिस्थितिमा प्राप्त सहयोगले विपन्न तथा अविभावकबिहीन बालबालिको शिक्षादिक्षाका लागि हौसला बढ्ने भन्दै एशोसिएसनको सहयोगले संस्थालाई थप ऊर्जा प्रदान गरेको बताइन् ।
एसोसिएसन कार्यबाहक महासचिव पुरीले क्षमता र सामथ्यले भ्याएसम्म एशोसिएसनले सामाजिक सेवाका कार्यहरूलाई निरन्तरता दिने योजना रहेको जानकारी दिए । कार्यक्रममा एशोसिएसनका वरिष्ठ उपाध्यक्ष विनोदजंग केसी, उपाध्यक्ष रामप्रसाद गैरे, सदस्य सविता सिंह र रोशना निरौला लगायतको उपस्थिति थियो ।