झापा ।
झापाको बिर्तामोड नगरपालिका–२ चैतुबारीस्थित सञ्चालित प्लाई फ्याक्ट्रिमा आगलागी हुँदा ९० लाख रुपैयाँ बराबरको क्षति भएको छ । गएराति ९ः३० बजेको सयमा आगलागी भएको हो ।

चैतुवारीस्थित लक्ष्मी श्रेष्ठले सञ्चालन गरेको रिद्धिसिद्धि प्लाई फ्याक्ट्रिमा प्लाई सुकाउने ड्रायर मेसिन तात्तिएर आगोलागी भएको बताइएको छ ।
आगलागी भएको इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी प्राप्त हुना साथ तत्काल इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी टोली, स्थानिय, सोही फ्याक्ट्रीका कामदारहरु र बिर्तामोड नगरपालिकाको दम्कलको सहयोगमा गएराति १०ः२० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

उक्त आगलागीबाट प्लाई सुकाउने मेसिन जल्दा ९० लाख रुपैयाँ बराबरको क्षति भएको छ । सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।