चारपाने । 

 झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित पूर्व–पश्चिम राजमार्गमा  यात्रुलाई चालक र सहचालकले कुटपिट गरेका छन् । आज (शुक्रबार) ५ः२० बजेको समयमा यात्रुलाई सो बसका दुई जनाले कुटपिट गरेका हुन् । 

काँकरभिट्टाबाट दमकतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४०३७ को  नम्बरको नागरिक यातायातका सह–चालकले यात्रुलाई कुटेका हुन् । 

उक्त बसमा सवार यात्रु बिर्तामोड–१ का काशी भट्टराईलाई सोही गाडीमा काम गर्ने चालक र सह–चालक दमकका मन तामाङ र कमल गाउँपालिका–१ का राकेश साहले भाडाको बिषयलाई लिएर कुटपिट गरी घाईते बनाएका छन् । 

 घाइतेको टाउकोमा चोटलागेर सामान्य अवस्थामा बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ । कुटपिट गर्ने दुबै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीले  नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि राखिएको प्रहरीले जनाएको छ । बस जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको नियन्त्रणमा लिएको बताइएको छ  ।