सुनसरी।

सुनसरीको विभिन्न स्थानहरुबाट लागू औषधसहित १३ जनालाई  प्रहरीले पक्राउ गरेको छ । सुनसरीको कोशी गाँउपालिका–१ बाट लागू औषध नियन्त्रण व्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सुनसरीको रामधुनी–५ का २० वर्षीय करण चौधरी,  ईटहरी–४ का ४० वर्षीय पर्वत यादव, १९ वर्षीय रोमन चापाँगाई, १९ वर्षीय मिलन तामाङ, मोरङ सुन्दरहरैँचा नगरपालिका–५ का ४२ वर्षीय प्रेम कुमार राई, ३१ वर्षीय दिपेश तामाङ, सुन्दरहरैचा(६ का २५ वर्षीय अनिल खवास, २६ वर्षीय अजित श्रेष्ठ, सुनसरी धरान–८ का २९ वर्षीय सरोज विश्कर्मा, सोही स्थानका ३४ वर्षीय  किशोरको मादेन, सुनसरी धरान उप–महानगरपालिका(१० का २७  वर्षीय निरन श्रेष्ठलाई ब्राउन सुगर ३१.९६ ग्राम सहित नियन्त्रणमा लिएको छ । 

त्यसैगरी सुनसरी धरान उप–महानगरपालिका–११ बाट अस्थायी प्रहरी चौकी रेल्वे, धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सोही स्थानका ३१ वर्षीय रोशन राई र ३७ वर्षीय मिमाहाङ लिम्बुलाई ब्राउन सुगर  ५३० मिलिग्राम र प्रतिबन्धित औषधी ट्रामोल–४० क्याप्सुल, कोलिवन–३० ट्याब्लेटसहित पक्राउ गरेको छ । लागू औषधसहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।