• सन्तोष न्यौपाने 

झापा । 

 झापा बिर्तामोडमा महिलालाई तिन दिने उद्धघोषण तालिम दिइएको छ । श्री छठ महिला मञ्च बिर्तामोडको आयोजनामा महिलाहरुको नेतृत्व विकास तथा क्षमता अभिबृद्धीका लागी तिन दिने उद्धघोषण तालिम दिइएको हो । 

संस्थामा आवद्ध महिलाहरुको नेतृत्व विकास गर्ने उद्देष्यले आयोजना गरिएको तीनदिने तालिम (बिहीबार) समापन भएको छ । बैशाख २ गतेदेखि सुरु भएको तालिम समापन भएको हो । 

छठ सेवा समाज बिर्तामोडका अध्यक्ष रामेश्वर द्विवेदीको प्रमुख आतिथ्य तथा छठ महिला मञ्चकी अध्यक्ष निशा साह गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा स्वस्तीका आर्चायले प्रशिक्षण प्रदान गरेकी थिइन् । 

तालिमले महिलामा सामुहिक नेतृत्वको भावना र महिलाका मुद्दा उठान र कार्यक्रममा बोल्न सक्ने क्षमताको विकासमा सहयोग पुग्ने विश्वासका साथ कार्यक्रम आयोजना गरिएको मञ्चको अध्यक्ष गुप्ताले बताइन ।  

समापन कार्यक्रममा प्रमुख अतिथि द्विवेदी, विशेष अतिथिहरु मधेशी महिलाकी अगुवा द्रौपदी गणेश, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, छठ सेवा समाजका पूर्व अध्यक्षहरु प्रेमचन्द्र चौधरी, घनश्याम चौधरी, छठ युवा फ्रन्ट बिर्तामोडका अध्यक्ष अमरजीत साह लगायतले शुभकामना मन्तव्य राख्दै छठ महिला मञ्चले महिलाहरुको नेतृत्व विकासका लागि आयोजना गरेको कार्यक्रमको प्रशंसा गरेका थिए । 

तालिममा सहभागीका तर्फबाट  सिमा जैसवाल, निकिता साह र संगीता चौधरीले तालिम धेरै उपलब्धीमुलक भएको प्रतिक्रिया दिएका थिए ।  स्वागत संगीता प्रधानले गरेको कार्यक्रमको सञ्चालन संस्थाकी महासचिव रेनुका महतोले गरेकी थिइन । तालिममा ३५ जना महिला दिदिबहिनीहरुको सहभागिता रहेको थियो ।