झापा ।
झापाको कनकाई नगरपालिका–२ मा करेन्ट लागेर एक जानको मृत्यु भएको छ । आज (बिहीवार) ४ः३० बजेको समयमा हेपी ल्याण्ड फनपार्कमा करेन्ट लागेर ती ब्यक्तिको मृत्यु भएको हो ।

कनकाई–२ स्थित रहेको हेपी ल्याण्ड फनपार्कमा सोही फनपार्क भित्रको बिजुलीको काम गर्ने शिवसताक्षी नगरपालिका–९ अन्दाजी बर्ष ४५ को संतोष लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लिम्बुले बिजुली मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थिए । उनलाई उपचारको लागि कनकाई नगर अस्पताल सुरुङ्गा पुर्याउना साथ चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको बताइएको छ । उक्त घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।