झापा।
आर्थिक अभावले बिर्तामोडका एक बालकको उपचारमा समस्या भएको छ । बिर्तामोड–५ जात्रुवारीका बोनम्यारोपीडित चार वर्षीय बालक उज्वल ठाकुरको उपचारमा आर्थिक अभाव भएको हो ।

बुवा मुकेश ठाकुर र आमा पिंकी राजवंशी ठाकुरले छोरा उज्वलको बोनम्यारोमा समस्या आएपछि आर्थिक अभावले उपचारमा समस्या आएको जानकारी दिए । चिकित्सकको परामर्श पश्चात भारतको चेन्नईमा उपचारका लागि लैजानुपर्ने छोरालाई आर्थिक अभावमा उपचार गराउन समस्या भएपछि ठाकुर परिवार अहिले ठुलो संकटमा छ ।
बालकलाई चिकित्सकले भारतको चेन्नईमा लैजान सुझाएको तर, आर्थिक अभावका कारण लैजान नसकिएको ठाकुरले बताए । डाक्टरले उनको थप उपचारका लागि २५ लाख भारु करीब नेपाली ४० लाख रुपैंया लाग्ने भनेपछि समस्या भएको ठाकुरको भनाई छ ।
उनीहरुले यस अघि पनि रोग पहिचानकालागि बिर्तामोडको कन्काई, बिएण्डसी हुँदै भारतका बिभिन्न अस्पताल पु¥याउंदा करीब २० लाख रुपैंयाँ खर्च भइसकेको जनाएका छन् । दातासहित आफन्तसँग ऋण खोजेर उपचार गरिएको मुकेशले बताए ।
आर्थिक अवस्था कमजोर रहेका बालकका बुबा मुकेशको बिर्तामोड स्थित इलाका प्रहरी कार्यालय दक्षिण पट्टि सानो सैलुन छ । उनले त्यहींबाट हुने आम्दानीले बालकको उपचारसहित घर खर्च जुटाउँदै आएका छन् । ४ महिनाको समयदेखि बीरामी भएको परिवारले जनाएको छ ।
सम्पत्तीको नाममा हाल केही नभएका ठाकुरका बुबा आमाले छोराको उपचार गर्न सकस भएको भन्दै दाता गुहारेका छन् । बालकको उपचारमा सहयोग गर्न चाहने इच्छुक दाताले बालकका बुबा मुकेश ठाकुरको बिर्तामोड स्थित नेपाल एसबिआई बैंक लिमिटेडको १८२१५२४९९००६९० मा रकम जम्मा गर्न सकिने जनाइएको छ ।