झापा । 

 ठगी मुद्दामा फैसला भई फरार रहेका प्रतिवादी २४ बर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ उनलाई आज (बुधवार) पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा झापा साबिक गोलधाप गाविस–६ हाल हल्दीबारी गाउँपालिका वडा का ६१ बर्षिय नर बहादुर बिक छन् । ठगी मुद्दामा झापा जिल्ला अदालतको मिति २०५७/०५/०४ गतेको फैसला उल्टी हुने ठहरी तत्कालिन पुनरावेदन अदालत इलामबाट मिति २०५८/१०/२२ गतेको फैसला अनुसार १ वर्ष कैद र .५३ हजार ३३३ रुपैयाँ ३३ पैसा  जरिवाना फैसला भई फरार रहेका थिए । 

फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालतमा उपस्थित गराइएको र अदालतको आदेश अनुसार कैद भुक्तानको गर्न कारागार कार्यालय झापा पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।