बिर्तामोड ।
‘बिर्तामोड टिकटक कलेक्सन’ले सञ्चालन गरेको उपहार योजना सार्वजनिक गरेको छ । जसमा ३० जना ग्राहकलाई जनही दुई हजार पाँच सय रुपैयाँ बरावरको उपहार प्रदान गरिएको छ । झापा बिर्तामोड–५ स्थित कृषि थोक रोडमा रहेको टिकटक कलेक्सनले आफ्ना ग्राहकलाई लक्षित गर्दै दुई हजार पाँच सय माथिको सामग्री खरिदमा उपहार योजनामा सहभागी गराएको थियो ।

सो योजना अन्तरगत २ हजार ५ सयको सामग्री खरिद गर्ने ग्राहकलाई लक्की ड्र मार्फत २ हजार ५ सय रुपैयाँ बरावरको सामग्री प्रदान गरिएको टिकटक कलेक्सन सञ्चालक शिव चुडालले जानकारी दिए ।
यो योजना अन्तरगत एक हजार ५ सय ग्राहक मध्येबाट ३० जनालाई छनौट गरिएको हो । वर्षमा ती पटक ‘प्रत्येक चार महिना’मा उपहार योजना सार्वजनिक गरिने गरेको उनको भनाई छ । उपहार योजना बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यमी समूहकी अध्यक्ष राधिका चुडाल हुँमागाईले सार्वजनिक गरेकी थिइन् । सो समारोहमा महिला उद्यमी नैनकला भट्टराई, सञ्चालक सबु चुडाल, सामजिक व्यक्तित्व भरतमणि चुडाल लगायतले उक्त कार्यको प्रशंसा गरेका थिए ।
विभिन्न सामाजिक काममा समेत सक्रिय सहभागीता जनाउदै आएका सञ्चालकद्वय शिव–सबुले बिर्तामोडमा चाइना मार्केट र विर्यानी हाउस सञ्चालन गर्दै आएका छन् । उनीहरुले २५ जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी समेत दिएका छन् ।
योजना अन्तरगत लक्की ड्र मा सामेल हुँदा टिकटक कलेक्सन र चाइना टाउन मार्केट नामक फेसवुक र टिकटक पेजलाई गरेको हुनु पर्ने कार्यक्रममा जानकारी दिइयो । फेसवुक र टिकटक पेज फलो नगरेका व्यक्तिलाई उपहार परेको खण्डमा उनीहरुकै नामबाट सामाजिक काममा सो वरावरको रकम खर्च गरिने सञ्चालक चुडालले बताए । चुडाल दम्पतीले यस अघिपनि बिभिन्न सामाग्री कार्य गर्दै आएको बताए । उनीहरुका अनुसार विपन्नलाई जाडोको कपडा वितरणसँगै बिभिन्न सहयोग गरेका छन् ।