काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबारदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो ।

जसअनुसार पेट्रोल, डिजेल र मट्टीतेल सबैको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको निगमले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।
मूल्य घटेसँगै अब काठमाडौंमा पेट्रोलको प्रतिलिटर १६० र डिजेल तथा मट्टितेलको प्रतिलिटर १४६ रुपैयाँ कायम हुने भएको छ ।