झापा ।  

झापा शिवसताक्षी नगरपालिका भएको सवारी दुर्घटनमा आइतेको मृत्यु भएको छ । घाइते उनको पिचारको क्रममा आज (मंगलबार) मृत्यु भएको हो । 

शिवसताक्षी–८ बुद्ध चौकस्थित पूर्व पश्चिम राजमार्गमा सोमवार साँझ ६ः५७ बजेको समयमा दुर्घटना भएको थियो । डुडाँमारी चौकबाट झिलझिले तर्फ आउँदै गरेको प्र १–०१–०१७ प ६५६९ नम्बरको मोटरसाइकलले पैदलयात्री शिवसताक्षी नगरपालिका–८ का ६० बर्षिय पुष्पदास दर्जीलाई   ठक्कर दिएको थियो । 

उनी गम्भीर घाइते भएर तत्काल  उपचारका लागि लालिगुराँस हेल्थ केयर सेन्टर झिलझिले पठाइएकोमा  थप उपचारको लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल लगिएको थियो । 

उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।  मोटरसाइकल चालक  शिवसताक्षी नगरपालिक–८ का ३० बर्षिय दुरेन शेर्मा लिम्बु इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।