झापा ।
झापाको मेचीनगर नगरपालिका–१२ कालिकामा एक जंगली हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् । आज (मंगलबार) बिहान १० बजेको समयमा दाउरा खोज्न जाने क्रममा जंगली खेदाएको थियो ।

मेचीनगर–१२ स्थित कालिझोडा सामुदायिक वनमा दाउरा खोज्न जाने क्रममा एक्कासी एउटा जंगली हात्ती आएर खेदाउँदा भाग्दा सोही स्थानका ३२ बर्षिय सन्तोष लिम्बु लडेर घाइते भएका हुन् ।
उनी लडेर घाइते भइरहेको अवस्थामा उनकै भाई सुजन लिम्बुले देखेर उपचारको लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगरे उपचार भईरहेको प्रहरीले जनाएको छ ।
उनको बाँया खुट्टा भाच्चिएको र अवस्था सामान्य रहेको बताइएको छ । जानकारी प्राप्त हुन साथ प्रहरी चौकी चारआलीबाट प्रहरीको टोली तत्काल घटना स्थल तर्फ गएर थप बुझ्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।