बिर्तामोड ।
झापाको बिर्तामोड–१ स्थित पश्चिम बस स्टेण्डबाट पाथीभरा यातायात ब्यवसायी सेवा प्रालिले सेवा शुरु गरेको छ । प्रालि आज (सोमवार) नयाँ बर्ष २०८२ को अवसर पारेर आफ्नो सेवा शुभराम्भ गरेको हो ।

आज झापाको प्रसिद्ध धार्मिक स्थल चारआलीकोस्थित पाउँ पाथिभरा मन्दिरमा पूजा आराधना गरी फूलपाती कार्यालयमा ल्याएर पूजा गरेर कार्यालय उद्घाटन गरिएको प्रालिका प्रवन्ध सञ्चालक धनबहादुर गिरीले जानकारी दिए ।
सेवा सञ्चालनको अवसरमा प्रालिका अध्यक्ष किरणकुमार लामाले प्रालि नाफा मूलक मात्र नभएर सेवा मुलुक पनि भएको बताएका छन् । उनले यातायात ब्यवसायीहरुको हकहित र यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै सामाजिक उत्तरदायित्व अन्तरगत सेवा प्रवाह गर्ने बताएका छन् । ‘प्रालिले सेवा मूलक सेवा दिने हो’ उनले भने ‘समयको माग अनुसार डिजिटलको जमना अनुसार वर्तमान मागलाई ध्यानमा राखेर कार्य गर्ने छौं ।’
यस प्रालिमा आबद्ध सवारी धनीले दुर्घटना र आफ्नो सवारी साधन ब्यवस्थापनको लागि ढुक्क हुन उनले आग्रह गरे । प्रालिले सेवासँगै दुर्घटना न्यूनीकरणको लागि पनि स्थानीय प्रशासन र विभिन्न संघसंगठनकाहरुसँग हातोमालो गर्दै सचेतना कार्यक्रमहरु पनि गर्ने उनको भनाई छ ।
उनले सहयोगमा आवश्यक हातेमालो गरिदिन सवैमा अनुरोधसमेत गरेका छन् । प्रालिको प्रधान कार्यालय बिर्तामोडमा रहने देशभरी नै सवो सञ्चालन गर्ने बताइएको छ ।