झापा ।
उदयपुर प्रहरीले गएराति १८० किलो गाँजा नियन्त्रण गरेको छ । बेलका नगरपालिका वडा नम्बर ८ सप्तकोशी किनारबाट बेवारिसे अवस्थामा गाँजा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले ६ वटा बोराभित्र प्लाष्टिकमा बेरेर लुकाई छिपाई राखेको अवस्थामा १८० किलो गाँजा बरामद गरेको हो ।
उक्त गाँजा हाल इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको र संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।