झापा । 

झापाबाट बहुबिवाह मुद्दामा फैसला भई फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । करिव ५ बर्ष अघि जिल्ला अदालत झापाबाट बहुबिवाह मुद्दाको फैसला भई फरार भएका उनलाई  पक्राउ गरिएको हो । 

बहुबिवाह मुद्दामा २०७६ असोज २ गतेको फैसलाले एक बर्ष दुई महिना कैद र १० हजार रूपैयाँ जरिवाना तोकिएर फरार रहेका प्रतिबादी शिवसताक्षी नगरपालिका–४ का ४४ बर्षिय रेवतदास उप्रेतीलाई प्रहरीले पक्राउ गरेको हो । 

 इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी–४ बोलोचौकबाट शनिवार फेला पारी नियन्त्रणमा लिएको छ । 

ती फरार प्रतिवादीलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा ल्याएर राखिएको र आज (आइतवार) जिल्ला  अदालत समक्ष पेश गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।