झापा ।
झापा कनकाई नगरपालिका वडा नंम्बर १ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कनकाई–१ का ६६ बर्षिय ताराबहादुर बिश्वकर्माको करेन्ट लागेर मृत्यु भएको हो ।

आज (शनिवार) बिहान ११ बजेको समयमा आफ्नै घरमा पानी तान्ने बिधुतीय मटरको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते उनलाई तत्काल उपचारको लागि आफन्तले बिर्तासिटी अस्पताल बिर्तामोड तर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो । लाश तत्काल सोही अस्पतालमा रहेको र प्रहरी टोलीबाट घटनाबारे थप बुझ्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।