सुरुङ्गा । 

मेची–महाकाली साइकल यात्रामा निस्किएकी झापाको कनकाई नगरपालिकाकी एक महिलालाई कनकाई नगरपालिकाले बिदाई गरेको छ । क्यान्सर रोगलाई जितेकी कनकाई नगरपालिका–३ की नमिता काफ्ले बस्नेतलाई आज (शनिवार) नगरले बिदाई गरेको हो । 

कनकाई नगरका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले खदा, अविर र राष्ट्रिय झन्डा ओढाएर उनलाई यात्रा सफलताको शुभकामनासहित बिदाई गरेका छन् । नमितालाई क्यान्सर रोगीका लागि प्रेरणाको स्रोत बन्न आग्रह गर्दै नगर प्रमुख पोखरेलले महिला क्यान्सर रोगलाई जितेर साइकल यात्रा गर्ने साहेद पहिलो महिला हुन सक्ने बताए । 

उनले अभियान सफताको शुभकामना दिदै क्यान्सर रोग केही होइन जित्न सकिन्छ भन्ने सन्देश दिन सफल हुन समेत आग्रह गरेका छन् । आफु हस्पिटलमा रहँदा पनि नगरले साथ र सहयोग गरेको बताउँदै सवैलाई धन्यवाद दिइन् । नमिता २५ दिने मेची महाकाली साइकल यात्रा अभियानमा निस्केकी छिन् । 

नमितालाई नगरले साइकल र आवश्यक सामाग्रीसमेत उपलब्ध गराएको छ । बिदाई कार्यक्रममा कनकाई–१ का वडाध्यक्ष सुशिलकुमार पोखरेललगायतको उपस्थिति रहेको थियो ।