झापा ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन प्यानलका अध्यक्षका उम्मेदवार भुवनसिंह गुरुङ विजयी भएका छन् ।

लोकतान्त्रिक एसोसिएसन र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसँग तालमेलका आधारमा बनेको प्यानलबाट अध्यक्ष गुरूङले ४२८ मत पाउँदा उनका प्रतिश्पर्धी प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको एक पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन बीच तालमेलमा संयुक्त व्यवसायी समूहका अध्यक्षका उम्मेदवार नरेश गेलालले ६१ मत कम ३६७ मत प्राप्त गरे ।
प्रथम उपाध्यक्षमा गेलाल प्यानलका सुजित कुमार श्रेष्ठ विजयी भए । विजयी श्रेष्ठले ३७५ मत प्राप्त गर्दा गुरूङ प्यानलका प्रथम उपाध्यक्षमा उम्मेदवार नरेन्द्रप्रसाद ढकालले ७३ मत कम ३०२ मत प्राप्त गरे । सो पदमा प्रतिश्पर्धा गरेका अख्तर हुसेनले १०१ मत प्राप्त गरे।
द्वितीय उपाध्यक्षमा गुरूङ प्यानलका देवकुमार खोखाली ४०२ मत प्राप्त गरि विजयी भएका छन् भने उनका प्रतिद्वन्दी गेलाल प्यानलका मधुकर रिजालले ३७८ मत प्राप्त गरे । तृतीय उपाध्यक्षमा गेलाल प्यानलका बैकुण्ठ पौडेल वैभवले ४३५ मत ल्याई विजयी भए । हर्कबहादुर लिम्बूले ३५० मत प्राप्त गरे । महासचिवमा गुरूङ प्यानलका उम्मेदवार महेशकुमार बस्नेत ४२३ मत ल्याई विजयी भए। प्रतिद्वन्दी गेलाल प्यानलका कर्णराज कटुवालले ३६२ मत प्राप्त गरे।
गुरूङ प्यानलका कुन्छा दोर्जे दिमदोङ ३७४ मत ल्याई सचिवमा विजयी भए। पराजित गेलाल प्यानलका उम्मेदवार अनिल बोगटीले ३११ र स्वतन्त्र उम्मेदवार ईश्वर सापकोटाले ९३ मत पाए।
कोषाध्यक्षमा विजयी गेलाल प्यानलका धनुसिंजालीले ४२८ पाइन् भने पराजित गुरूङ समूहका उम्मेद्वार बिक्रम श्रेष्ठ ३५७ मत प्राप्त गरे। यस्तै कार्यसमिति सदस्य पदमा रेखा शर्माले ४४७, कृष्ण ढकालले ४४२, भरत सापकोटाले ४३५, राज लामा तामाङले ४२७, सुवर्ण लामाले ४०९, हिमा गुरूङले ३४९, रमा खड्काले ३८८, देवीप्रसाद गिरीले ३७७, विद्यालक्ष्मी बज्राचार्य ३५३ र सुमनराज पाण्डेले ३४३ मत प्राप्त गरि बिजयी भए ।
सदस्यमा पराजित उम्मेद्वारहरुमा राजेन्द्र बस्नेतले ३४१, देउमान नेम्बाङले ३३५, कैलाश पाठक ३२२, चन्द्र लिम्बूले ३०८, छत्र बस्नेतले २९४, दीपककुमार रायले २७०, कामेश्वर साह राहुलले २५०, राजेश यादवले २४१, दिनेश बस्नेत २३४ र युवराज देवकोटाले २२७ मत प्राप्त गरेका थिए ।