बिर्तामोड । 

एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने गरी बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायिक सदस्य राहत कोष– २०८१’ का लागि सहयोग जुट्ने क्रम जारी छ ।

बिर्तामोडका व्यवसायी तथा सामाजिक व्यक्तित्वहरुले बिर्तामोड उद्योग वाणिज्य संघले शुरु गरेको उक्त कार्यको प्रशंसा गर्दै कोष वृद्धिका लागि विभिन्न अवसर पारेर संघलाई रकम प्रदान गर्दै आएका छन् । 

यसै क्रममा संघका कार्यसमिति सदस्यद्वय डिल्लीराम कोइराला र विश्वेश्वरप्रसाद बजगाँई (विपीन) ले आफ्नो जन्म दिनको अवसर पारेर ‘व्यवसायिक सदस्य रहात कोष’का लागि रकम प्रदान गरे । उनीहरुले कोष वृद्धिमा सहयोग पु¥याउन भन्दै संघका अध्यक्ष राजु  न्यौपानेलाई रकम प्रदान गरेका हुन् ।

बिर्तामोडका युवा व्यवसायी कोइरालाले कोषका लागि ५५ हजार ५ सय ५५  रुपैयाँ र वजगाँईले पनि  ५५ हजार ५ सय ५५   रुपैयाँ रकम बरावरको चेक प्रदान गरेका छन् ।

संघका अध्यक्ष न्यौपाने, कोषका संयोजक राजकुमार घिमिरे राजुसहितका  पदाधिकारीलाई  उनीहरुले उक्त रकम प्रदान गरेका हुन् । सो अवसरमा उनीहरुलाई बिर्तामोड उद्योग वाणिज्य संघले जन्म दिनको शुभकामनासहित कदरपत्रद्वारा सम्मान गरेको छ । कार्यक्रमको संचालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।