हल्दीबारी । 

झापाको दक्षिणी भेगमा रहेको हल्दीबारी गाउँपालिकाले आगामी बैशाख ३ गते स्थानीय सार्वजनिक बिदा दिने भएको छ । पालिकाले शुक्रवार एक सूचना जारी गर्दै स्थानीय बिदा दिने जानकारी दिएको हो । 

 मेचे जातिको भाषा, धर्म, संस्कृति लोप हुने अवस्थालाई दृष्ट्रिगत गरी त्यसको संरक्षण र प्रवद्र्धन गर्न वैशागु बथर पर्वको अवसरमा सार्वजनिक विदा दिने भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रबहादुर बन (महेन्द्र) ले जानकारी दिए । 

जारी सूचनामा भनिएको ‘यस पालिकामा अनुरोध भई आएकाले मिति २०८२ बैशाख ३ गते बुधबार हल्दीबारी गाउँपालिकाको कार्यालय र अन्तर्गत रहेका बडा समितिका कार्यालयहरु, स्वास्थ्य संस्थाहरु तथा विद्यालयहरुमा एक दिन स्थानीय सार्वजनिक विदा दिने नियर्ण भएको छ ।’ गत चैत २८ गतेको बसेको कार्यपालिका बैठकले स्थानीय सावैजनिक बिदा दिइएको बताइएको छ । 

hal