झापा ।
झापाको बाह्रदशी गाउँपालिका–२ स्थित किरात टोलमा पानीमा डुवेर घाइते भएका ९ बर्षिय बालकको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका–३ बस्ने लोकबहादुर तामाङको छोरा अन्दाजी ९ बर्षिय कृष्ण तामाङको मृत्यु भएको हो ।

बालककी आमा सिया लामाले शुक्रवार आफ्नो माईतीघर बाह्रदशी–२ किरात टोल लगेर गएकी थिइन् । माइती पदम लामाको घर लगेकोमा उनको छोरा कृष्ण तामाङ घर देखी ५० मिटर पूर्व पोखरीको डिलमा खेल्ने क्रममा आज ३ बजे पानीमा डुबेर घाईते भई उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोड लगिएको थियो ।
अस्पतालमा उपचारको क्रममा ४ः५० बजेको समयमा मृत्यु भएको र कानुनी प्रकृया लगायतको कार्यहरु भईरहेको प्रहरीले जनाएको छ । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।