झापा । 

प्रहरीले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंका साथै उनका अंगरक्षक दीपक खड्कालाई पनि पक्राउ गरेको छ । 

दुबै जनालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि काठमाडौँ ल्याइँदै गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेशकुमार आचार्यले प्रेस विज्ञप्ति जारी गरी जनाएका छन् ।  

चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न गरी राज्य विरुद्ध र संगठित अपराध सम्बन्धी कसूरमा फरार रहेका दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रसाईं १५ गतेको घटनापछि भारत फरार भएका थिए ।

उनलाई शुक्रबार भद्रपुरबाट पक्राउ गरिएको हो । प्रसाईंले बिहीबार  भारतमा आत्मसपर्मण गरेपछि नेपाल प्रहरीले सीमा क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको बताइएको छ । फाइल तस्वीर 

durga