हल्दीबारी। 

बैदेशिक रोजगार बोर्डले झापाको हल्दीबारी गाउँपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बोर्ड मार्फत गरिने आर्थिक सहायता सम्बन्धी अभिमुखीकरण कार्यक्रम हल्दीबारी–४ मा सम्पन्न गरेको हो ।

हल्दीबारी गाउँपालिका शाखा मार्फत भएको कार्यक्रममा श्रम स्वीकृति गरेर गएका नागरिकले विदेशमा बिरामी हुँदा आफूले र आफ्ना परिवारका सदस्यले पाउने उपचार सुविधा लगायत कुनै कारण कोही वैदेशिक रोजगारीका क्रममा मृत्यु भएमा परिवारले पाउने राहत लगायतको बारेमा प्रष्ट पारिएको थियो।हल्दीबारी गाउँपालिकामा वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति रोजगार शाखा मार्फत नै गर्न सकिन्छ।

कार्यक्रमका प्रमुख अतिथि तथा पालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनले प्रत्येक नेपालीका घरबाट विदेश गएर श्रम गर्नु पर्ने बाध्यता रहेको र विदेशमा पनि ठगिने, दुख पाउने भएकाले सबै कुरा बुझेर मात्रै विदेश जान पर्ने बताएका छन्। आफ्नै देशमा रोजगारीको वातावरण सिर्जना गर्ने तथा वैदेशिक रोजगारीमा गएर फर्किएर आएका नागरिकलाई स्वदेशमै बस्ने वातावरण बनाउन अत्यावश्यक रहेको उनको धारणा थियो । 

हल्दीबारी गाउँपालिका–४ का वडाध्यक्ष सन्तकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र), योजना शाखा प्रमुख राजन न्यौपाने, कार्यपालिका सदस्यहरू भगिरथा दाहाल, शान्ता शिवाकोटी, आयुषा मेचेलगायत वैदेशिक रोजगारमा गएका घरका परिवारहरूको उल्लेखिय उपस्थिति रहेको थियो। 

रोजगार शाखा प्रमुख सपना न्यौपानेले कार्यक्रमको औचित्य माथि प्रकाश पारको कार्यक्रमको सञ्चालन रोजगार सहायक मिलन बिश्वकर्माले गरेका थिए।