बिर्तामोड ।
बहुउद्देश्यीय लक्ष्य राखेर नारी संचार गृह झापाले स्थापना गरेको अक्षयकोषमा दाताहरुको सहयोग जुट्ने क्रम जारी छ ।गृहको अक्षयकोषमा सामाजिक अभियन्ता तथा अर्जुनधारा नगरपालिका वडा नं ११ का अध्यक्ष खगेन्द्र इङनाम र गिता राईले सयुक्त रूपमा संस्थाकी अध्यक्ष रेजिना गौतम र निबर्तमान अध्यक्ष भिमा शिवाकोटीलाई दश हजार एक सय पन्ध्र रूपैयाँ हस्तान्तरण गरेका छन् ।

यसैगरी बैदेशिक रोजगारी क्रममा हाल जापानमा रहेकी संस्थाकी सदस्य मनिषा चौलागाईले कोषमा दश हजार रुपैयाँ उपलव्ध गराएकी छन् ।
संस्थाकी कोषाध्यक्ष स्वस्तिका आचार्य सिटौलाले पाँच हजार एक सय रूपैयाँ प्रदान भएको छ भने कार्यसमिति सदस्य भारती राईले पाँच हजार पाँचसय रूपैयाँ नगद कोषमा सहयोग गरेको अक्षयकोष बृद्धि तथा परिचालन समितिका संयोजक जोस्ना श्रेष्ठले जानकारी दिइन् ।

आफ्नो जन्म दिन, बिवाह उत्सब, बैबाहिक समारोहको अवसरमा दाताहरुबाट गृहको कोषमा सहयोग जुट्दै आएको छ।