झापा । 

झापाको  मेचीनगर नगरपालिका–१ स्थित देबीगञ्जमा जंगली हात्तीले क्षति पु¥याएको छ । गएराति १२ बजेको समयमा मेचीनगर–१ स्थित देबीगञ्जका तुला लिम्बुको अन्नपात राखेको घरमा एउटा जंगली हात्ती आएर क्षति पु¥याएको हो । 

उक्त घरको साईडको बासको टाटि भत्काएर कोठा भित्र रहेको अन्दाजी ५ मन धान  खाएको साथै धान र घर समेत गरी ४० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

उक्त हात्ती पु¥याएर जंगलतर्फ गएको थियो । सोही स्थानस्थित तल्लो बासेमा १२÷१३ वटा जंगली हात्ती आएर सोही स्थान बस्ने कमला राई र रमेश प्रधानको गरी अन्दाजी ८० ओटा सुपारीको बोट भाँचि क्षति गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।