झापा ।
चट्याङको झट्का लागेर एक जनाको मृत्यु भएको छ । आज (बुधवार) बिहान ७ बजेको समयमा चट्याङको झट्का लाग्दा झापाका एक जनाको मृत्यु भएको हो ।

पाँचथर मिक्लाजुङ गाउँपालिका–३ आरुभोटे स्थायी घर भई हाल झापाको गौरादह नगरपालिका –५ बालुबथानमा गोमनाथ चेम्जुङको खेती अधिया गरी उनकै घरमा बस्दै आएका अन्दाजी ५४ बर्षिय दुधकुमार लावतीको चट्याङको झट्काले मृत्यु भएको छ ।
लावती किचन कोठामा खाजा खाने क्रममा पानीसँगै परेको चट्याङको झट्का लागेर सोही स्थानमा नै मृत्यु भएको भन्ने खबर स्थानियले इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराएका थिए ।
जानकारी पाउन साथ उक्त स्थानमा इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय गौरादह प्रहरी टोली पुगेको थियो । मृतक लाशको कानुनी प्रकृया लगायतको कार्यहरु पुरा गरी पोष्टमार्टमको लागि दमक अस्पताल दमक पठाई सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।